उत्तर कोरियाले जापानको भुमि माथि हुदै मिसाइल परिक्षण गरेपछि संयुक्त राष्ट्र संघले सुरक्षा परिषदको आपतकालीन बैठक बोलाएको छ ।
बैठक अगाडी संयुक्त राष्ट्र संघका महासचिव एन्टोनीयो गुटेरेशले उत्तर कोरियाको मिसाइल परीक्षणले जापानको सुरक्षालाई चुनौती दिएको बताएका छन् ।
संयुक्त राष्ट्र संघका लागि अमेरिकी राजदुत निकी हेलीले उत्तर कोरियालाई गम्भीर कारवाही हुनुपर्ने बताइन ।
हेलीले जापानमा १३ करोड मानिस बस्छन, कोहि पनि व्यक्तिको माथिबाट मिसाइल जानु हुदैन भन्दै अब अति नै भएको बताइन ।
मंगलबार बिहान उत्तर कोरियाले छोडेको मिसाइलले जापानको आकाश हुदै करिब ३ हजार किलोमिटरको दुरी तय गर्दै जापानको होकाइडो द्विपको माथि हुदै समुन्द्रमा गएर खसेको थियो ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाले संयुक्त राष्ट्र संघ र छिमेकी देशको अपमान गरेको भन्दै उत्तर कोरियाले दुनियालाई दिएको सन्देश प्रष्ट भएको बताएका छन् ।