उत्तर कोरियाले नयाँ परमाणु बम परीक्षण गरेको आशंका गरिएको छ । आइतबार बिहान उत्तरकोरियामा ५.६ रेक्टर स्केलको भूकम्प मापन गरिएको र सो भूकम्प परमाणु परीक्षणको भएको आशंका गरिएको छ ।
अन्तर्राष्ट्रिय समाचार एजेन्सी रोयटर्सका अनुसार भूकम्पको गहिराई शुन्य भएकाले सो प्राकृतिक भूकम्प नभएको बताइएको छ ।
यसैबीच दक्षिण कोरीयाको समाचार एजेन्सी योन्हापले उत्तर कोरीयाले परमाणु बम परीक्षण गरेको जनाएको छ ।
समाचार बारे विस्तृत विवरण आउँ बाँकी छ ।