• २०८१ बैशाख १६ आइतबार

क्रिकेट विश्वकपमा पाकिस्तानी एंकर भारतबाट निष्कासित

kharibot

काठमाडौँ । भारतमा आइसीसी एकदिवसीय क्रिकेट विश्वकप जारी रहेका बेला भारतले पाकिस्तानी क्रिकेट एंकरलाई देश निकाला गरेको छ । 

पाकिस्तानकी चर्चित एन्कर जैनब अब्बासलाई भारतले देश निकाला गरेको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् । पाकिस्तानको न्युज च्यानल साम टिभीले जैनबलाई भारत विरोधी ट्वीटका कारण त्यहाँबाट निकालिएको खुलासा गरेको छ । उनले लामो समयअघि भारत र हिन्दू धर्मविरुद्ध केही ट्वीट गरेको आरोप उनीमाथि छ । यस विषयमा एक वकिलले उनीविरुद्ध मुद्दा दायर गरेका थिए । जसका कारण उनी भारतबाट निर्वासित हुनुपरेको बताइएको छ । उनी अहिले दुबई पुगेको मिडिया रिपोर्टमा उल्लेख गरिएको छ ।

जैनबलाई आईसीसीको प्रसारण टोलीमा समावेश गरिएको थियो । पाकिस्तानको पहिलो खेलमा उनी रंगशालामा समेत देखिएकी थिइन् । यस विषयमा आइसीसीले हस्तक्षेप गर्न नसक्ने बताइएको छ ।

जैनब लामो समयदेखि क्रिकेट एंकरिङ गरिरहेकी छिन् र उनलाई आइसीसीका प्रतियोगितामा देखिदै आएको थियो । एक बच्चाकी आमा जैनब मेकअप आर्टिस्ट रहेपनि उनले आफुलाई क्रिकेटमा समर्पित गरेकी छन् । उनका बुबा नासिर अब्बास क्रिकेटर थिए । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै