• २०८१ बैशाख १७ सोमबार

मनाङ एयरका क्याप्टेन सेढाईंको भारतमा उपचारको क्रममा मृत्यु

kharibot

काठमाडौं । मनाङ एयरको हेलिकोप्टर दुर्घटनामा घाइते भएका क्याप्टेन प्रकाशकुमार सेढाईंको उपचारको क्रममा मृत्यु भएको छ ।

मनाङ एयरले भारतको मुम्बईस्थित नेशनल बर्नस् सेन्टरमा उपचारको क्रममा क्याप्टेन सेढाईंको मृत्यु भएको जानकारी दिएको हो ।

मनाङ एयरको ९ एन–एएनजे कलसाइन भएको हेलिकप्टर गत असोज २७ गते बिहान सोलुखुम्बुको खुम्बु क्षेत्रमा दुर्घटना भएको थियो । हाइ अल्टिच्युडमा रहेका यात्रु उद्धार गर्न सोलुखुम्बुको लुक्लाबाट लोबुचे जाँदै गर्दा हेलिकप्टर दुर्घटनामा परेर आगलागी भएको थियो । 

दुर्घटनापछि काठमाडौंको ह्याम्स अस्पतालमा उपचार गराइरहेका पाइलट सेढाईंलाई परिवार र मनाङ एयरको सल्लाहमा थप उपचारका लागि असोज २८ गते भारत लगिएको थियो ।

 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै