• २०८१ बैशाख १५ शनिबार

पाकिस्तानले दक्षिण अफ्रिकालाई दियो २७१ रनको लक्ष्य 

kharibot

काठमाडौँ । जारी आइसीसी क्रिकेट विश्वकप अन्तर्गत आज पाकिस्तान र दक्षिण अफ्रिकाबीच खेल हुँदैछ । चेन्नईस्थित एमए चिदम्बरम स्टेडियममा पाकिस्तानले दक्षिण अफ्रिकालाई २७१ रनको लक्ष्य दिएको छ । 

टस जितेर पहिले ब्याटिंग रोजेको पाकिस्तान ४६.४ ओभरमा २७० रनमा अलआउट भयो । पाकिस्तानका लागि कप्तान बाबर आजमले ५० र साउद सकिलले ५२ रन बनाए ।

यस्तै सहदाव खान ४३, महोम्मद रिजवान ३१, महोम्मद नवाज २४ र इफ्तीखर अहमदले २१ रन जोडे । दक्षिण अफ्रिकाका लागि बलर तबरेज साम्सीले ४ विकेट लिए । यस्तै मार्को जनसेनले ३, गेराल्र्ड कोटजे २ तथा लुगिं एनगिडीले एक विकेट लिए । 

जारी विश्वकपमा दक्षिण अफ्रिकाले ५ खेल खेल्दै ४ जित र एक हारसहित ८ अंक बटुलेर दोस्रो स्थानमा रहेको छ भने पाकिस्तानले ५ खेलमध्ये २ जित र ३ हारसहित ४ अंक बटुलेर छैटौं स्थानमा रहेको छ ।

अब यस खेलको जितले दक्षिण अफ्रिकालाई सेमिफाइनलको छनौटको नजिक पुर्याउने छ भने यस खेलमा हार बेहोरेमा पाकिस्तानको सेमिफाइनलको दौड मुश्किलमा पर्ने छ ।

पाकिस्तान पछिल्लो खेलमा अफगानिस्तानसँग पराजित भएर दबाबमा रहेको छ भने दक्षिण अफ्रिकाले यस विश्वकपमा अहिलेसम्म राम्रो प्रदर्शन गरेको छ ।

पाकिस्तान र दक्षिण अफ्रिकाबीच अहिलेसम्म ८२ एकदिवसीय खेल भएका छन् । जसमा दक्षिण अफ्रिकाले ५१ खेल जितेको छ भने पाकिस्तानले ३० खेल जितेको छ । एक खेलको नतिजा आएको थिएन ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै