• २०८१ बैशाख १५ शनिबार

श्रीलंकाविरुद्ध न्यूजील्याण्डले जित्यो टस 

kharibot

काठमाडौँ । जारी आइसीसी क्रिकेट विश्वकप अन्तर्गत आज न्यूजील्याण्ड र श्रीलंका आमने सामने हुदैछन् । बेंगलुरूस्थित एम चिन्नास्वामी स्टेडियममा न्यूजील्याण्डले टस जितेर फिल्डिङ राजेका छन् । खेल केहि बेरमा सुरु हुँदैछ । 

यद्यपी न्यूजील्याण्ड र श्रीलंकाबीचको खेलमा वर्षाको खतरा बढेको छ । बेंगलुरूस्थित एम चिन्नास्वामी स्टेडियममा बिहीबार बिहानैदेखि आकाश बादल लागेको छ । 

दिउँसो भारी वर्षाको सम्भावना छ । दिउँसो २ बजेदेखि ९ बजेसम्म वर्षाको सम्भावना ७५ प्रतिशत रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यस्तो अवस्थामा न्युजील्यान्ड र श्रीलंकाबीचको खेल पनि रद्द हुन सक्छ ।

सेमिफाइनलमा पुग्न न्यूजील्याण्डका लागि यो खेल जित्नैपर्ने अवस्था रहेको छ भने सेमिफाइनलको दौडबाट बाहिरीइसकेको श्रीलंकाका लागि यस खेलको नतिजाले भने केहि फरक पर्ने छैन । तर यस खेलको हारजितले श्रीलंकाको च्याम्पियन्स ट्रफीमा छनौटलाई असर गर्न सक्ने छ । 

२०२५ मा पाकिस्तानमा हुने च्याम्पियन्स ट्रफीमा छनौट हुन पनि श्रीलंकालाई यो खेल जित्नुपर्ने अवस्था रहेको छ । साथै श्रीलंकाको जितले न्यूजील्याण्डको सेमिफाइनलको यात्रा रोक्न सक्छ र यसको फाइदा पाकिस्तान र अफगानिस्तानलाई हुन सक्छ । 

न्यूजील्याण्ड र श्रीलंका अहिलेसम्म १०१ पटक एकदिवसीय खेलमा आमने सामने भएका छन् । जसमा न्यूजील्याण्डले ५१ खेल जितेको छ भने श्रीलंकाले ४१ खेल जितेको छ । त्यस्तै ८ खेलको नतिजा आएको थिएन भने एक खेल बराबरीमा सकिएको थियो ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै