• २०८१ बैशाख १५ शनिबार

इङल्याण्डले दियो नेदरल्याण्डसलाई ३४० रनको लक्ष्य 

kharibot

काठमाडौँ । जारी आइसीसी क्रिकेट विश्वकपमा इङल्याण्डले नेदरल्याण्डसलाई ३४० रनको लक्ष्य दिएको छ ।

पुनेस्थित महाराष्ट्र क्रिकेट एसोसियसनको मैदानमा भएको खेलमा इङल्याण्डले निर्धारित ओभरमा ९ विकेट गुमाउँदै ३३९ रन बनाएको हो । 

इङल्याण्डका लागि वेन स्टोक्सले शतकिय पारि खेले । उनले १०८ रन बनाए । यस्तै डाविड मलान ८७, क्रिस ओक्स ५१ र जोय रुटले १८ रन बनाए । 

नेदरल्याण्डसका बलर बस दि लीदीले ३ विकेट लिए । यस्तै अर्यान दत र लोगान भ्यान विकले समान २/२ विकेट लिए । पल भेन मेकेरनले एक विकेट लिए । 

जारी विश्वकपमा नेदरल्याण्डसले ७ खेलमा २ खेल जितेको छ र नवौं स्थानमा छ भने डिफेन्डिङ च्याम्पियन इङल्याण्डले केवल एक खेल जितेको छ ।

सेमिफाइनलको दौडबाट दुवै देश बाहिरिएको भएपनि दुवैले अंक तालिकामा शिर्ष ८ मा परेर आगामी च्याम्पियन्स लिगका लागि छनौट हुने प्रयास गर्ने छन् । यसका लागि दुवै देशलाई यो खेल जित अत्यावश्यक रहेको छ ।

इङल्याण्ड र नेदरल्याण्डसबीच अहिलेसम्म ६ एकदिवसीय खेल भएका छन् । जसमा सबै खेल इङल्याण्डले जितेको छ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै