• २०८१ बैशाख ३१ सोमबार

पाकिस्तानी क्रिकेट चयन समितिका अध्यक्ष इन्जमामको राजीनामा

kharibot

काठमाडौँ । पाकिस्तानी क्रिकेट चयन समितिका अध्यक्ष इन्जमाम उल हकले आफ्नो पदबाट राजीनामा दिएका छन् ।

क्रिकेट विश्वकपमा पाकिस्तानी टिमको खराब प्रदर्शन जारी रहेका बेला चयन समितिका अध्यक्ष इन्जमाम उल हकले क्रिकेट चयनमा प्रश्न उठेपछि छानबिनलाई सहयोग गर्न भन्दै सोमबार राजीनामा दिएको पाकिस्तान क्रिकेट बोर्डले जानकारी दिएको छ ।

मिडिया र सामाजिक सञ्जालमा इन्जमामले क्रिकेट टिमको चयन गर्दा पक्षपात गरेको र  खेलाडी छनौटमा 'कन्फ्लिक्ट अफ इन्टरेष्ट' रहेको आरोप लागेको थियो । सो आरोप बारे मिडियामा प्रश्न उठेपछि पाकिस्तान क्रिकेट बोर्डले एक छानबिन समिति बनाएर अनुसन्धान गर्ने घोषणा गर्नासाथ इन्जमामले राजीनामा दिएका छन् । उनले छानबिनमा आफु निर्दोष साबित भएमा आफु पुन: चयन समितिको अध्यक्षमा फर्किने बताएको पाकिस्तानी बोर्डले बताएको छ ।

इन्जमाम गत अगस्तमा पाकिस्तान क्रिकेट टिमको चयन समितिको प्रमुख नियुक्त भएका थिए । क्रिकेट विश्वकपमा सोचे जस्तो प्रदर्शन नभएपछि पाकिस्तानी क्रिकेट टिम र बोर्ड दबाबमा आएको विश्लेषण गरिएको छ ।

अहिले पाकिस्तान विश्वकपमा ६ खेलमा ४ खेल हार बेहोरेर सेमिफाइनलको दौड संकटमा परेको छ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै