• २०८१ बैशाख १५ शनिबार

सचिनको बराबरीमा विराट, यी हुन् एकदिवसीय क्रिकेटमा धेरै शतक बनाउने १२ खेलाडी

kharibot

काठमाडौँ । विराट कोहलीले एकदिवसीय क्रिकेटमा भारतकै महान क्रिकेटर सचिन तेल्दुलकरको शतकको बराबरी गरेका छन् ।

आइतबार सम्पन्न खेलमा विराटले दक्षिण अफ्रिकाविरुद्ध शतक प्रहार गर्दै सचिनको ४९ शतकको बराबरी गरेका हुन् । दुवै एकदिवसीय क्रिकेटमा सर्बाधिक शतक बनाउने खेलाडी हुन् ।

सचिनले आफ्नो ४५२ इनिंगमा ४९ शतक प्रहार गरेका थिए भने विराटले केवल २७७ इनिंगमा ४९ शतक पुरा गरेका हुन् । सचिन र विराट बाहेक धेरै शतक बनाउने खेलाडीको सुचीमा दोस्रो नम्बरमा भारतकै कप्तान रोहित शर्मा रहेका छन् । रोहितले २५१ एकदिवसीय इनिंग खेल्दै ३१ शतक बनाएका छन् ।

रोहितपछि अस्ट्रेलियाका पुर्व खेलाडी रिक्की पोंटिंगले ३० शतक बनाएका थिए । त्यस्तै श्रीलंकाका शनथ जयसूर्याले २८ शतक बनाएका थिए भने दक्षिण अफ्रिकाका हसिम अमलाले २७ एकदिवसीय शतक बनाएका थिए । त्यसैगरी दक्षिण अफ्रिकाकै एबी डिभिलियर्स, वेस्ट इन्डिजका क्रिस गेल र श्रीलंकाका कुमारा संगाकाराले एकदिवसीय क्रिकेटमा २५-२५ शतक बनाएका छन् ।

त्यसैगरी अस्ट्रेलियाका डेभिड वार्नर, भारतका सौरभ गांगुली र श्रीलंकाका तिलकरत्ने दिलशानले २२-२२ शतक बनाएका छन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै