• २०८१ बैशाख २४ सोमबार

एकदिवसीय बरियतामा भारतको दबदबा, गिल र सिराज शिर्ष स्थानमा

kharibot

काठमाडौँ । भारतीय क्रिकेटर शुभमन गिल आईसीसी एकदिवसीय वरीयतामा विश्व नम्बर एक ब्याट्सम्यान बनेका छन् ।

आईसीसीले बुधबार सार्बजनिक गरेको नयाँ एकदिवसीय वरीयतामा गिलले पाकिस्तानका बाबर आजमलाई पछि पार्दै यो उपलब्धि हासिल गरेका हुन् । बाबर ९५१ दिनसम्म शिर्ष स्थानमा रहेका थिए । गिल ८३० अंकका साथ शीर्ष स्थानमा पुगेका छन् । बाबर आजम ८२४ अंकका साथ दोस्रो स्थानमा छन् । क्विन्टन डी कक ७७१ अंकसहित तेस्रो स्थानमा छन् । विराट कोहली चौथो स्थानमा पुगेका छन् ।

आइसीसीको एकदिवसीय वरियतामा भने असिफ सेख यसअघिकै ७२औं स्थानमा छन् भने कप्तान रोहित पौडेल ८३औं स्थानमा छन् । त्यस्तै आक्रामक ब्याट्सम्यान कुशल भुर्तेल ९८औं स्थानमा रहेका छन् ।

त्यसैगरी बलिङ वरियतामा भारतका मोहम्मद सिराज शीर्ष स्थानमा पुगेका छन् । सिराजसहित चार भारतीय बलर शीर्ष १० मा आफ्नो स्थान सुरक्षित गर्न सफल भएका छन् ।

गत हप्ता सार्वजनिक गरिएको वरियतामा पाकिस्तानी बलर शाहिन अफ्रिदी शीर्ष स्थानमा थिए । सिराजले गत हप्ताको वरीयतापछि खेलेको खेलमा दक्षिण अफ्रिकाविरुद्ध १ विकेट र श्रीलंकाविरुद्ध ३ विकेट लिएका थिए । त्यस पछि सिराज शिर्ष स्थानमा उक्लिएका हुन् ।

सिराजपछि दक्षिण अफ्रिकाका बलर केशब महाराज दोस्रो, अस्ट्रेलियाका एडम जाम्पा तेस्रो र बह्र्त्का कुलदीप यादव चौथो स्थानमा रहेका छन् ।

त्यसैगरी नेपालका सन्दीप लामिछानेले एक स्थान सुधार गर्दै ३२औं स्थानमा उक्लिएका छन् । त्यस्तै दिपेन्द्र सिंह ऐरी ६७औं स्थानमा कायम छन् भने करण केसी ८२औं स्थानमा र सोमपाल कामी ८८औ स्थानमा तथा ललित राजबंशी ९९औं सतहमा रहेका छन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै