• २०८१ बैशाख २० बिहीबार

एन्फाको विशेष साधारण सभा हेटौडामा शुरु

kharibot

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) को विशेष साधारण सभा हेटौँडामा सुरु भएको छ । यो साधारण सभाले एन्फा अध्यक्ष पंकज विक्रम नेम्वाङमाथिको अविश्वासको प्रस्तावमा निर्णय गर्ने प्रमुख एजेन्डा रहेको छ ।

गएको भदौ अन्तिम साता एन्फाका ४९ सदस्यहरुले हस्ताक्षरसहित अध्यक्ष नेम्वाङ र महासचिवको बर्खास्तीको माग गरेका थिए । तर एन्फाको कार्यसमिति बैठकले अध्यक्षको मात्र बर्खास्तीको प्रस्ताव साधारण सभामा पेस गर्ने निर्णय गरेको थियो । त्यसपछि एन्फाले बोलाएको विशेष साधारण सभामा आज मतदानको कार्यक्रम रहेको छ ।

एन्फामा जिल्ला, क्लब, प्रदेश र संघ गरी १०५ सदस्य रहेका छन् । त्यसमध्ये आजको मतदानमा ८७ सदस्यलाई मात्र मतदानको अधिकार हुनेछ । एन्फाको विधान अनुसार अध्यक्ष वा कुनै पदाधिकारी बर्खास्तीका लागि दुई तिहाई मत आवश्यकता पर्छ । त्यसैले आज ५८ जनाले नेम्वाङको विरुद्धमा मतदान गरे पनि उनको बर्खास्तीको माग सदर हुनेछ ।

एन्फा सदस्यहरुले फुटबल चलाउन नसकेको विभिन्न १९ अभियोग लगाउँदै उनीमाथि अविश्वास र बर्खास्तीको माग गरेका थिए । एन्फाको इतिहासमा अध्यक्षले पहिलो पटक अविश्वसको प्रस्तावको सामना गर्दैछन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै