• २०८१ बैशाख १८ मंगलबार

बराबर शेयर माग्दै 'दिमाग खराब' ले दियो प्रदर्शन नै रोक्ने चेतावनी

kharibot

काठमाडौँ । शुक्रबारबाट प्रदर्शनमा आएको फिल्म ‘दिमाग खराब’का निर्माता तथा निर्देशक निश्चल बस्नेतले शुक्रबारदेखि विदेशी फिल्मसरह शो नदिए फिल्मको प्रदर्शन नै रोक्ने चेतावनी दिएका छन् । 

बुधबार एक विज्ञप्ति जारी गर्दै निर्माता र निर्देशले फिल्म प्रदर्शन अवधिभर वितरक र निर्मातालाई ५०/५० प्रतिशत शेयर बाँडफाँडको माग गरेका छन् भने विदेशी फिल्म सरह नै शो दिनुपर्ने माग राखेका हुन् । उनीहरुले सो अनुसार नभएमा फिल्म देखाउन अर्को माध्यम खोज्ने बताएका छन् ।

आउने शुक्रबारदेखि विदेशी फिल्मसरह नेपाली फिल्मको शो हुँदैन र निर्माताले हलमा फिल्म चलुन्जेल ५० प्रतिशत शेयर पाइरहँदैन भने फिल्म नचलाउने निर्णय गरेको उनीहरुले जानकारी गराएका छन् । 

पहिलो र दोस्रो साता निर्माता र प्रदर्शकलाई ५०-५० प्रतिशत शेयर रहेपनि तेस्रो सातादेखि निर्माताको ३५ र प्रदर्शकको ६५ प्रतिशत शेयर हुने व्यवस्था अहिले रहेको छ ।

दिमाग खराबको निर्माण टिमले यस नियमको प्रतिवाद गर्ने निष्कर्षमा पुगेको बताएका छन् । 

दिमाग खराबले ओपनिङ कमजोर गरे पनि तिहार विदामा व्यापार बढाएको थियो । फिल्मको ‘वर्ड अफ माउथ’ राम्रो भएपनि आइतबारबाट प्रदर्शनमा आएको बलिउड सुपरस्टार सलमान खान अभिनीत फिल्म टाइगर-३ का कारण मल्टीप्लेक्सहरुमा फिल्मको शो कम भएको थियो र फिल्मले लगानी उठाउन समेत मुश्किल हुन सक्ने अवस्था आएको थियो ।

तर निर्माण पक्षले भने फिल्मको अकुपेन्सी बढिरहेका बेला शो घटाएको आरोप लगाएका छन् । उनीहरुले हल व्यवसायी र वितरकले नेपाली फिल्मलाई प्राथमिकता नदिने हो भने मेकरले पनि हलको विकल्प खोज्नुपर्ने बताएका छन् ।

निर्देशक बस्नेतले दिमाग खराब फिल्ममा ४ करोडमाथि खर्च भएको दाबि गरेका छन् ।


 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै