• २०८१ बैशाख १६ आइतबार

चारदेशीय महिला टी-२०: आज नेपालले जापानसँग खेल्दै

kharibot

काठमाडौँ । नेपाल चारदेशीय महिला टी-२० सिरिजको दोस्रो खेलमा नेपालले आज आयोजक जापानको सामना गर्दैछ । सिरिजमा दुई खेल हारेर नेपाल र जापान फाइनलको दौडबाट बाहिरिइसकेका छन् ।

नेपाल पहिलो खेलमा तान्जानियासँग २७ रनले हार बेहोरेको थियो भने दोस्रो खेलमा हङकङसँग ९ विकेटले पराजित भएको थियो । 

अब आज नेपालले जापानसँग नेपाली समय अनुसार ७: १५ बजेदेखि खेल्दै छ ।

आजै आयोजक हङकङ र तान्जानियाबीच पनि खेल हुदै छ । दुवै फाइनलमा पुगिसकेकाले आजका खेलको नतिजाले कुनै असर भने गर्ने छैन । 

अब आइतबार तेस्रो स्थानका लागि नेपाल र जापानबीच हुने छ भने फाइनल खेल पनि आइतबार हङकङ र तान्जानियाबीच हुने छ ।

नेपाली महिला टिम: इन्दु बर्मा (कप्तान), विन्दु रावल (उपकप्तान), रुविना क्षेत्री, सीता रानामगर,  संगिता राई, अश्मिना कर्माचार्य, पुजा महतो, काजोल श्रेष्ठ, कंचन श्रेष्ठ, सोमु बिष्ट, रोमा थापा, खुशी डंगोल, सम्झना खड्का र सोनी पाख्रिन ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै