• २०८१ बैशाख १६ आइतबार

चारदेशीय महिला टी-२०: नेपालले जापानलाई दियो ११४ रनको लक्ष्य

kharibot

काठमाडौँ । नेपाल चारदेशीय महिला टी-२० सिरिजको दोस्रो खेलमा नेपालले आज आयोजक जापानसँग खेलिरहेको छ । जापानविरुद्ध पहिला ब्याटिंग गर्दै नेपालले ११४ रनको लक्ष्य दिएको छ ।

नेपालले २० ओभरमा ४ विकेट गुमाउदै ११३ रन बनाएको हो ।

नेपालका लागि रुबिना क्षेत्रीले सर्बाधिक ३८ रन बनाएकी थिइन् भने कप्तान इन्दु बर्माले २७, पुजा महतोले १३, सिता राना मगरले ९ र काजल श्रेष्ठले अविजित १५ रन बनाएकी थिइन् ।

सिरिजमा दुई खेल हारेर नेपाल र जापान फाइनलको दौडबाट बाहिरिइसकेका छन् । नेपाल पहिलो खेलमा तान्जानियासँग २७ रनले हार बेहोरेको थियो भने दोस्रो खेलमा हङकङसँग ९ विकेटले पराजित भएको थियो । 

आजै आयोजक हङकङ र तान्जानियाबीच पनि खेल हुदै छ । दुवै फाइनलमा पुगिसकेकाले आजका खेलको नतिजाले कुनै असर भने गर्ने छैन । 

अब आइतबार तेस्रो स्थानका लागि नेपाल र जापानबीच हुने छ भने फाइनल खेल पनि आइतबार हङकङ र तान्जानियाबीच हुने छ ।


 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै