• २०८१ बैशाख २१ शुक्रबार

भीमदत्त पन्तको सालिक तोडफोड गरेको आरोप १८ जनाविरुद्ध सार्वजनिक मुद्दा

kharibot

कञ्चनपुर । शहिद भीमदत्त पन्तको सालिक तोडफोड गरेको आरोपमा राप्रपाका १८ जना नेता कार्यकर्ताविरुद्ध सार्वजनिक मुद्दा दायर गरिएको छ । 

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले सहिद भीमदत्त पन्तको सालिक तोडफोड गरेको आरोपमा पक्राउ परेका उनीहरुविरुद्ध सार्वजनिक अपराधको मुद्दा दायर गरेको हो ।

राप्रपा कञ्चनपुरको आयोजनामा शुक्रबार भएको संघीय लोकतान्त्रिक गणतन्त्रविरुद्धको प्रदर्शनका पार्कभित्र रहेको सालिक तोडफोड भएको थियो । उक्त तोडफोडमा राप्रपाका आन्दोलनकारीहरु सहभागी भएको प्रहरीको भनाइ छ । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै