• २०८१ बैशाख २१ शुक्रबार

मोन्जामाथि युभेन्टसको रोमाञ्चक जित

kharibot

काठमाडौँ । युभेन्टसले इटालियन सिरी ए अन्तर्गत मोन्जालाई पराजित गरेको छ । गएराती सम्पन्न खेलमा युभेन्टसले मोन्जालाई २-१ गोल अन्तरले पराजित गरेको हो ।

युभेन्टसलाई खेलको ९४औं मिनेटमा फेडेरिको गट्टीले गोल गर्दै महत्वपूर्ण ३ अंक दिलाएका थिए ।

यस अघि एड्रीयन राबियोटले युभेन्टसका लागि पहिलो गोल गरेका थिए । त्यस्तै मोन्जाका लागि खेलको ९१औ मिनेटमा भालेन्टिन कार्बोनीले गोल गरेका थिए ।

यो जितपछि युभेन्टस सिरी ए को शिर्ष स्थानमा उक्लिएको छ । युभेन्टसको १४ खेलमा ३३ अंक भएको छ । त्यस्तै एक खेल कम खेलेको इन्टर मिलानको १३ खेलमा ३२ अंक छ ।

त्यसैगरी मोन्जाको १४ खेलमा १८ अंक छ र लिगमा १०औ स्थानमा रहेको छ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै