• २०८१ बैशाख १६ आइतबार

जर्मन वैज्ञानिकले बनाए विशेष प्रजातिको गहुँ, बर्षमा ६ पटक काटन सकिने

kharibot

प्रतिनिधि तस्बीर

बर्लिन । गहुँ एक यस्तो अन्न हो, जुन धेरै चीजहरूमा प्रयोग गरिन्छ। यसैबाट रोटी र बिस्कुटसहित बिभिन्न परिकार पनि बनाइन्छ ।  त्यसैले विश्वले अधिकतम गहुँ उत्पादनमा जोड दिइरहेको छ । तर, युक्रेन युद्धको प्रारम्भिक दिनमा रुस–युक्रेनबाट गहुँको निर्यात रोकिए पछि विश्वभर खाद्यान्न संकट उत्पन्न भयो। जसले संसार भर गहुँ खाद्यान्नको अभाव भोग्नु परयो ।

जसका कारण अफ्रिकामा मात्र नभई युरोपेली देशहरूमा पनि रोटी पाउन मुस्किल भएको थियो। त्यसोभए विकल्प के छ ? हामी सबैलाई थाहा छ कि गहुँ एक पटक छरिएको छ र यसको बाली ४ महिना पछि मात्र तयार हुन्छ। यो एक वर्षमा धेरै पटक बढ्न सक्दैन। तर जर्मन वैज्ञानिकहरूले वर्षमा ६ पटक काट्न सकिने गहुँको यस्तो प्रजाति उब्जाउँदै छन्। जुन खाधान्न संसारका लागि बम्पर प्रतिफल हुने देखिएको  छ ।

जर्मनको म्युनिख सहरका अन्वेषकहरूले जलवायु कक्षभित्र गहुँ खेतीमा रोचक प्रयोग गरिरहेका छन् । ड्युचे वेलेको समाचार अनुसार विशेष प्रकारको गहुँ तयार गरेका छन्, जसले धेरै छिटो पाक्ने मात्र नभई वर्षमा ६ पटक बाली पनि उत्पादन गर्न सक्छ । वैज्ञानिकका अनुसार गहुँको यो विशेष जात १० हप्ता अर्थात् साढे दुई महिना अघि नै तयार हुनेछ । थप प्रकाशमा उत्पादन पनि उच्च हुनेछ । 

एक एकड (१.६ बिघा) मा १०० क्विन्टल गहुँ

वैज्ञानिकका अनुसार लागतमा उल्लेख्य कमी आउने छ । तपाईंले एक पटकको लागतमा ६ गुणा फसल प्राप्त गर्न सक्षम हुनुहुनेछ। अर्थात् अहिले एक एकडमा २० क्विन्टल गहुँ उत्पादन गर्दै हुनुहुन्छ भने सोही जमिनमा १०० क्विन्टल गहुँ उत्पादन गर्न सकिन्छ । वैज्ञानिकहरूले यसको हरेक पक्षमा नजर राखिरहेका छन् । 

सामान्य खेतीपातीको तुलनामा पानीको खपत ९५ प्रतिशतले घट्ने गरी यस्तो प्रणाली तयार भइरहेको छ । म्युनिखको प्राविधिक विश्वविद्यालयको डिजिटल कृषिले यस परियोजनालाई आर्थिक सहयोग गरिरहेको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै