• २०८१ बैशाख १५ शनिबार

बयानपछि विनोद चौधरीको प्रतिक्रिया- बाँसबारी जग्गामा राजनीतिकरण गरियो, अनुसन्धानलाई सघाउछु

kharibot

काठमाडौं । उद्योगपति तथा सांसद विनोद चौधरीले सरकारी जग्गा हिनामिनामा आफ्नो कुनै संलग्नता नरहेको प्रतिक्रिया दिएका छन् । 

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी) लाई आज बयान दिएर निस्किएपछि सञ्चारकर्मीसँग कुरा गर्दै सांसद चौधरीले बाँसबारी जग्गा प्रकरणमा आफ्नो संलग्नता नरहेको बताएका हुन् । उनले घटनालाई राजनीतिकरण गरिएको बताउदै आफुले अनुसन्धानमा सघाउने बताएका छन् ।

उनले भने- ‘एउटा जिम्मेवार राजनीतिकर्मी र उद्यमी भएकाले सहयोग गर्न उपस्थित भएँ । ४२ वर्षअघि बाँसबारीजस्तो अनाकण्टार ठाउको कौडीको भाउमा पनि नबिक्ने जग्गालाई आधार बनाइ त्यो बेलामा पब्लिक प्राइभेट पार्टनरसिपको उत्कृष्ट मोडलमा खडा गरिएको नवीनतम सोचलाई जुन किसिमबाट राजनीतिकरण गरियो त्यो अत्यन्त दुखलाग्दो छ ।’

उनीसँग सीआइबीले करिब दुई घण्टासम्म बयान लिएको थियो । सिआइबीले यस अघि बुधबार उनका भाई बसन्त चौधरीसँग पनि बयान लिएको थियो । 

सिआइबीले बाँसबारी छाला जुत्ता कारखानाको जग्गा निजी बनाएको प्रकरणमा सांसद चौधरीमाथि छानबिन गरिरहेको छ ।

यसअघि बुधबार सिआइबीले सांसद चौधरीमाथि छानबिन भइरहेको भन्दै सभामुख घिमिरेलाई जानकारी गराउदै पत्र संसद सचिवालयमा पत्र दर्ता गराएको थियो । 

काठमाडौंको बाँसबारीमा रहेको १० रोपनी सरकारी जग्गाको कागजात कीर्ते गरी निजी बनाएको भन्दै सिआइबीले छानबिन गरिरहेको छ ।

गत सोमबार बाँसबारी जग्गा प्रकरण बारे चौधरीले संसदमा बोल्दै सरकारले गरेको निर्णय अनुसार आफुहरुले सो जग्गा लिएको दाबि गरेका थिए । 

यसअघि सिआइबीले बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको भन्दै सिआइबीले व्यवसायी अरूण चौधरी, कारखानाका कार्यकारी अध्यक्ष अजितनारायण सिंह थापा र सञ्जय ठाकुरलाई माघ १८ गते पक्राउ गरेर ६ दिनपछि जिल्ला अदालत काठमाडौँको आदेशमा हाजिरी जमानीमा छोडेको थियो । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै