• २०८१ बैशाख १५ शनिबार

बाँसबारी जग्गा प्रकरणमा विनोद चौधरीमाथि अनुसन्धान गर्न गृहमन्त्रीको निर्देशन

kharibot

काठमाडौँ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) ले उद्योगपति तथा कांग्रेस सांसद विनोद चौधरीसँग बयान लिने भएको छ ।

बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हिनामिना प्रकरणमा सीआइबीले चौधरीसँग बयान लिन लागेको हो । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेको निर्देशनपछि सीआइबीले चौधरीसँग बयान लिने भएको हो ।

लामिछानेले आइतबार बिहान महानिरीक्षक बसन्त कुँवर र सिआइबी प्रमुख श्याम ज्ञवालीलाई बोलाएर चौधरीमाथि पनि अनुसन्धान अगाडी बढाउन निर्देशन दिएका हुन् । साथै मन्त्री लामिछानेले कारखानाको १० रोपनी जग्गा सरकारको मातहत लियाने प्रक्रिया शुरु गर्न समेत निर्देशन दिएका छन् । बाँसबारी छालाजुत्ता कारखानाको १० रोपनी जग्गा हाल चौधरीकै चांदबाग स्कुलले प्रयोग गरेको छ ।

यस प्रकरणमा विनोद चौधरीका भाई अरुण चौधरी गत माघ १८ गते पक्राउ परेका थिए त्यसपछि उनी अदालतको आदेशमा रिहा भएका थिए ।       

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय