• २०८१ बैशाख १७ सोमबार

अभियन्ता ईः को ललितपुर महानगर अगाडी प्रदर्शन, स्थानीयले गरे विरोध

kharibot

ललितपुर । अभियन्ता ईः ले पुल्चोकस्थित ललितपुर महानगरपालिकका अगाडी प्रदर्शन गर्न लाग्दा स्थानीयले अवरोध गरेका छन् । 

अभियन्ता ईः ले फुटपाथ व्यवसायीलाई हटाउने ललितपुर महानगरपालिकाको निर्णयको विरोध गर्दै मंगलबार दिउँसो ३ बजेदेखि महानगरपालिका अगाडी १०८ मिनेट उभिएर प्रदर्शन शुरु गर्ने क्रममा स्थानीयले नै विरोध गरेका हुन् ।

महानगरले पैदल यात्रु, सवारी आवागमन तथा ऐतिहासिक महत्त्वका स्थानहरूमा अवरोध परेको भन्दै मंसिर २४ गतेदेखि लगनखेल–मंगलबजार रुटमा साँझ/बिहान पनि फुटपाथ पसल राख्न निषेध गरेको थियो । 

स्थानीयले अवरोध गर्दा ईः समर्थक र स्थानीयबीच केहीबेर धक्कामुक्कीसमेत भएपछि सो क्षेत्रमा प्रहरी परिचालन गरिएको छ ।

यसअघि अभियन्ता ईः ले फुटपाथ व्यवसायीलाई विकल्पसहित व्यवस्थापन गर्नुपर्ने माग गरेर काठमाडौंको राष्ट्रिय सभागृह अगाडि १ सय ९९ घण्टा उभिएर प्रदर्शन गरेका थिए । असोज १० मा काठमाडौं महानगरपालिका र ईः बीच सम्झौता भएपनि सो सम्झौता अहिलेसम्म कार्यान्वयनमा भने आएको छैन ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय