• २०८१ बैशाख १७ सोमबार

शेफिल्डमाथि चेल्सीको सहज जित

kharibot

काठमाडौँ । ईङलिश प्रिमियर लिग अन्तर्गत चेल्सीले शेफिल्ड युनाइटेडलाई पराजित गरेको छ । गएराती सम्पन्न खेलमा चेल्सीले शेफिल्डलाई २-० गोल अन्तरले पराजित गरेको हो ।

पहिलो हाफ बिना कुनै गोल सकिएको खेलमा चेल्सीले दोस्रो हाफमा दुवै गोल गरेको थियो । चेल्सीको जितमा कोल पाल्मर र निकोलस ज्याक्सनले एक एक गोल गरेका थिए ।

यो चेल्सीको यस सिजनमा छैटौं जित हो । यो जितपछि १७ खेलमा २२ अंक भएको छ र लिगमा १०औं स्थानमा रहेको छ ।

त्यसैगरी शेफिल्ड युनाइटेडको भने यो यस सिजनमा १२औं हार हो । १७ खेलमा केवल ८ अंक रहेको शेफिल्ड अंक तालिकामा पुछारमा रहेको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै