• २०८१ बैशाख १७ सोमबार

क्रिस्टल प्यालेसमाथि चेल्सीको संघर्षपूर्ण जित

kharibot

काठमाडौँ । ईङलिश प्रिमियर लिग अन्तर्गत चेल्सीले क्रिस्टल प्यालेसमाथि संघर्षपूर्ण जित हासिल गरेको छ ।

गएराती सम्पन्न खेलमा चेल्सीले क्रिस्टल प्यालेसमाथि २-१ गोल अन्तरले पराजित गरेको हो ।

चेल्सीलाई खेलको ८९औँ मिनेटमा नोनी माडुएकेले पेनाल्टीमा निर्णायक गोल गर्दै जित दिलाएका थिए । 

यसअघि चेल्सीका लागि खेलको १३औं मिनेटमा मिखाइलो मुड्रिकले शुरुवाती गोल गरेका थिए भने खेलको ४५औं मिनेटमा क्रिस्टल प्यालेसका लागि माइकल ओलिसेले बराबरी गोल गरेका थिए ।

यो चेल्सीको यस सिजनमा सातौं जित हो । यो जितपछि १९ खेलमा २५ अंकसहित चेल्सी १०औं स्थानमा रहेको छ ।

त्यस्तै क्रिस्टल प्यालेसको भने यस सिजनमा यो नवौं हार हो । यो हारपछि प्यालेसको १९ खेलमा १८ अंक रहेको छ र लिगमा १५औं स्थानमा रहेको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै