• २०८१ बैशाख २७ बिहीबार

भारतविरुद्ध बलियो अवस्थामा दक्षिण अफ्रिका, पहिलो इनिङमा १६३ रनको अग्रता

kharibot

काठमाडौँ । दक्षिण अफ्रिकाले भारतविरुद्धको जारी टेस्टको पहिलो इनिंगमा १६३ रनको अग्रता बनाएको छ ।

टेस्टको तेस्रो दिन दक्षिण अफ्रिकाले पहिलो इनिंगमा ४०८ रन बनाएर अलआउट भएपछि पहिलो इनिंगमा १६३ रनको अग्रता बनाएको हो ।

दक्षिण अफ्रीकाका लागि डीन एल्गरले सर्बाधिक १८५ रन बनाएका थिए भने मार्को जानसेनले अविजित ८४ रन बनाएका थिए । त्यस्तै डेभिड बेडिंगघमले ५६ तथा टोनी डी जोर्जीले २८ रन बनाएका थिए ।

त्यसैगरी भारतीय बलर जसप्रित बमराहले सर्बाधिक ४ विकेट लिए भने मोहमद सिराजले २ तथा श्रदुल ठाकुर, प्रसिद्ध कृष्ण र आर आश्विनले एक एक विकेट लिएका थिए ।

यस अघि पहिलो इनिंगमा २४५ रन बनाएको भारतले अहिले आफ्नो दोस्रो इनिंगको ब्याटिंग शुरु गरेको छ ।     

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै