• २०८१ बैशाख १७ सोमबार

जडीबुटीमा सवारीको ठक्करबाट बालिकाको मृत्यु

kharibot

काठमाडौं । काठमाडौं महानगरपालिका ३२ जडीबुटीस्थित सडकमा बाप्र०२–००२ प ८४९६ नम्बरको मोटरसाइकलको ठक्करबाट एक बालिकाको ज्यान गएको छ ।

ज्यान गुमाउनेमा पैदलयात्री सोही ठाउँ बस्ने ओखलढुंगा चम्पादेवी गाउँपालिका-१ घर भएका छविलाल मगरकी छोरी ११ वर्षीया लक्ष्मी मगरको रहेकी छन् । उनको शनिबार साँज ज्यान गएको हो ।

प्रहरीले मोटरसाइकल चालकलाई नियन्त्रणमा लिएर घटनाबारे अनुसन्धान थालिएको जनाएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै