• २०८१ बैशाख १६ आइतबार

स्वदेश फर्किए विदेशमन्त्री जयशंकर

kharibot

काठमाडौं । विहिबार काठमाडौँ आएका भारतीय विदेशमन्त्री एस जयशंकर आज स्वेश फर्किएका छन् ।  विदेशमन्त्री जयशंकरलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा परराष्ट्रमन्त्री एनपी साउदले बिदाई गरेका छन् । 

स्वदेश फर्किनुअघि शुक्रबार विदेशमन्त्री जयशंकरले पशुपतिनाथको दर्शन गरेका थिए भने पशुपतिनाथ परिसरमा वृक्षारोपण समेत गरेका थिए । त्यसपछि शुक्रबार नै उनले भारतीय सहयोगमा नव निर्मित त्रिभुवन विश्वविद्यालय केन्द्रीय पुस्तकालयको भवन उद्घाटन गरेका थिए भने सोहि कार्यक्रममा उनले  भूकम्पपछिको पुनर्निर्माणका अन्य आयोजनाको  पनि संयु्क्त उद्घाटन गरेका थिए ।  

विहिबार बिहान १० बजे त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलमा अवतरण गरेका विदेशमन्त्री जयशंकरले राष्ट्रपति रामचन्द्र पौडेलसँग शिष्टाचार भेटवार्ता गरेका थिए भने त्यसपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेटबार्ता गरेका थिए ।

त्यसपछि उनले दिउँसो १ बजे होटल याक एन्ड यतीमा समकक्षी परराष्ट्रमन्त्री एनपी साउँदसँग द्धिपक्षिय भेटबार्ता गरेका थिए भने सो अवसरमा उनले नेपाल भारतबीच उर्जालगायत बिषयमा सहमति पत्रमा हस्ताक्षर कार्यक्रममा उपस्थित भएका थिए । जुन सम्झौता पछि नेपालले भारतलाई आगामी १० बर्षमा १० हजार मेगावाट बिजुली बेच्ने सुनिश्चितता कायम गरेको थियो भने अर्थ मन्त्रालय र सामान्य प्रशासन मन्त्रालयको स्वकृतिमा २० करोडसम्म भारतले सहयोग उपलब्ध गराउने सम्झौता गरिएको थियो ।

सो सम्झौता पछि विदेशमन्त्री जयशंकरले राजनीतिक नेतासँग भेटबार्ता गरेका थिए । उनले कांग्रेस सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसहित जसपा, लोसपा र जनमतका नेताहरुसँग भेटवार्ता गरेका थिए । उनी गएराती परराष्ट्रमन्त्री साउदले उनको सम्मानमा आयोजना गरेको रात्री भोजमा समेत सहभागी भएका थिए ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै