• २०८१ बैशाख १७ सोमबार

स्पेनिस कोपाको राउण्ड १६ मा म्याड्रिड डर्बी हुने

kharibot

काठमाडौँ । स्पेनिस कोपा डेल रे को राउण्ड १६ मा म्याड्रिड डर्बी हुने भएको छ ।

राउण्ड १६ को ड्र मा रियल म्याड्रिडले एटलेटिको म्याड्रिडबीच प्रतिष्पर्धा हुने भएको छ । यो खेल १८ जनवरीमा हुने भएको छ । राउण्ड १६ मा सेभियाले गेटाफेविरुद्ध खेल्ने छ भने एथलेटिक बिल्बाओले आल्भेजसँग खेल्ने छ । त्यस्तै मल्लोर्काले टेनेरिफसँग खेल्ने छ भने भलेन्सियाले सेल्टा भिगोसँग खेल्ने भएको छ ।

त्यसैगरी गिरोनाले रायो भल्लेकानोसँग खेल्ने भएको छ भने बार्सिलोनाले युनियनीस्टाससँग खेल्ने छ । त्यस्तै उसासुनाले रियल सोसियाडाडसँग खेल्ने छ ।

राउण्ड १६ का खेलहरु जनवरी १६, १७ र १८ मा हुने छन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै