• २०८१ बैशाख १६ आइतबार

भारतलाई सिधै २० करोड खर्च गर्न दिने सम्झौतामा तनाव लिनुपर्ने स्थिति छैन- प्रधानमन्त्री प्रचण्ड

kharibot

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारतीय दूतावासलाई नेपालमा २० करोड रुपैयाँसम्मका आयोजनामा सिधै खर्च गर्न दिने गरी भएको सम्झौता नयाँ सम्झौता नभएको बताएका छन् । 

बुधबार संसदको कानुन न्याय तथा मानवअधिकार समितिमा भारतीय विदेशमन्त्री एस जयशंकरको नेपाल भ्रमणका क्रममा नेपालले गरेका सम्झौताहरुको विषयमा जानकारी दिन उपस्थित हुदै प्रधानमन्त्री प्रचण्डले सो कुरा बताएका हुन् ।

प्रधानमन्त्री प्रचण्डले भारतसँग यो सम्झौता २००३ देखि नै भएको बताउदै यस सम्झौतामा अहिलेसम्मका सबै सरकार संलग्न रहेको बताए । साथै प्रधानमन्त्री प्रचण्डले यो सम्झौताको विषयमा धेरै तनाव लिनुपर्ने स्थिति नरहेको बताए ।

साथै प्रधानमन्त्री प्रचण्डले भारतसँग भारतले मात्र उत्पादन गरेको विद्युत किन्ने सम्झौता नभएको बताउदै कुल १० हजार मेघावाट विद्युतको समहती भएको स्पष्ट गरे ।

प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणको क्रममा नेपालबाट आगामी दश वर्षमा भारतले १० हजार मेगावाट बराबर विद्युत किन्ने सम्झौता भएको थियो । त्यस सम्बन्धमा भारतीय विदेशमन्त्री एस जयशंकर यही पुस १९ गते नेपाल भ्रमणमा आएको बेला दुई देशका अधिकारीहरुबीच समझदारी भएको थियो ।

यो सम्झौताले नेपाल र भारतबीच दीर्घकालमा विद्युत व्यापारको ढोका खुलेको प्रधानमन्त्रीको दाबि रहेको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै