• २०८१ बैशाख २९ शनिबार

बम्जनको आश्रमबाट चार अनुयायी हराएको उजुरी छ- सीआईबी

kharibot

काठमाडौँ । तपस्वी मानिएका रामबहादुर बम्जनको आश्रमबाट चार अनुयायी बेपत्ता भएको प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले जनाएको छ । 

बुधबार सर्वजनिक गर्दै सिआईबीले बम्जनको आश्रमबाट चार अनुयायी हराएको उजुरी प्राप्त भएको एसएसपी दिनेश आचार्यले जानकारी दिएका छन् ।

व्यक्ति बेपत्ता, बाल यौन दुराचारलगायत आरोपमा सीआईबीले बमजनलाई मंगलबार साँझ हात्तिगौँडाबाट पक्राउ गरेको थियो । सीआईबीले उनलाई पक्राउ गर्न ‘अप्रेसन ब्लु’ चलाएको थियो । बम्जन विगत २ महिनादेखि हात्तिगौँडामा परिवारसँग रहेको प्रहरीको दाबी छ ।

बम्जनको निवासबाट सिआईबीले नेपाली र विदेशी गरी कुल ३ करोड ३४ लाख ३७ हजार ९०६ रुपैयाँ बरामद गरेको जानकारी दिएको छ ।  साथै सिआईबीले उनको घरबाट विभिन्न ब्रान्डका १४ मोबाइल, ५ आइप्याड, २० पेनड्राइभ बरामद गरेको जानकारी दिएको छ ।

बम्जनलाई आजै सर्लाही पठाउने प्रहरीको तयारी रहेको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै