• २०८१ बैशाख ३० आइतबार

बम्जनलाई पुर्पक्षका लागि थुनामा पठाउन अदालतको आदेश

kharibot

काठमाडौं । जिल्ला अदालत सर्लाहीले रामबहादुर बम्जनलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको छ ।

न्यायाधीश विष्णु रेग्मीको इजलासले उनलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश गरेको हो ।  

विहिबार बम्जनलाई जिल्ला अदालत, सर्लाहीबाट उनीविरुद्ध पक्राउ पुर्जी जारी भएकाले अदालतमा पेस गरिएको थियो ।

हत्या र यौन शोषणको मुद्दामा सर्लाही जिल्ला अदालतले २०७६ साल माघ २३ गते बम्जनलाई पक्राउ गर्न प्रहरीलाई अनुमति दिएको थियो । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले बम्जनलाई मङ्गलबार साँझ पक्राउ गरेर बुधबार काठमाडौँमा सार्बजनिक गरको थियो भने गएराति उनलाई सर्लाही ल्याइएको थियो ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै