• २०८१ बैशाख २९ शनिबार

हत्कडीसहित रामबहादुर बम्जन सार्बजनिक

kharibot

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले तपस्वी रामबहादुर बम्जनलाई हत्कडीसहित सार्वजनिक गरेको छ । 

मंगलबार हात्तिगौँडाबाट उनलाई पक्राउ गरेको सीआईबीले बुधबार पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेको हो  । उनीमाथि  व्यक्ति बेपत्ता, बलात्काललगायतका आरोप छ । 

बम्जनको साथबाट नेपाली रुपैयाँ ३ करोड ४ लाख, अमेरिकी डलर १७ लाख ९७ हजार १६४ रुपैयाँ, भारतीय रुपैयाँ १ लाख ७६ हजार र चिनिया युआन ५ लाखभन्दा बढी बरामद गरेको प्रहरीको भनाइ छ । 

साथै अष्ट्रेलियन डर, युरो, क्यानेडियन डलर, डेनिस कर्नर, इन्डोसियन रुपैयाँ, मलेसियन रिंगेट, कोलम्बियन पेसो, इजरायली न्यू सकेकल, थाई भाट, यूएई दिराम, साउदी अरबियन रकम, भुटानी र सिंगापुरको पैसा पनि भेटिएका छन् ।

बरामद अन्यमा गाडी तथा मोटरसाइकल रहेका छन् । बम्जन चढ्ने गरेको प्रदेश-३-०१ -०२४ च  ६७२९ नम्बरको तुलाराम तामाङको नाममा रहेको सेतो टोयटा फर्चुनर गाडी बरामद भएको छ । यस्तै, सेतो रङको अर्को ल्याण्डक्रुजर जेडएक्स गाडी ललितपुर-२२ बुङमती बस्ने बौद्ध श्रवन धर्म संघ ललितपुरका अध्यक्ष पनित महर्जनको नाममा धुम्बाराहीस्थित युनाइटेड ट्रेडर्स सिन्डीकेट प्रालि शोरूममा पाँच करोडमा बुक भएकोमा ३ करोड नगदै भुक्तानी भई खरिदको क्रममा रहेको देखिएको छ । उनको घरबाट क्रस फायर ३९० सिसीको केटिएम डुक, यामहाको स्कुटरसहित चार वटा मोटरसाइकल बरामद भएको ब्युरोले जनाएको छ । 

बरामद अन्य सामानमा मोटरसाइकलका बिलबुक तीन थान, टोयटा हाइलक्स गाडीको चाबी १ थान, पेनड्राइभ २० थान, भ्वाइस रेकर्डर १ थान, मेमोरी कार्ड २ थान, ल्यापटप २ थान, मोबाइल १४ थान र आइप्याड र ट्याब ५ थान छन् । 

बम्जनलाई पक्रन ब्युरोका प्रहरी नायब उपरीक्षक धर्मराज भण्डारीको नेतृत्वमा प्रहरी टोली पुगेको थियो। टोली पुग्दा उनी भाग्न खोजेका थिए। बम्जन चार तले घरको चौथो तलाबाट खाली जमिनमा हाम्फालेका थिए। प्रहरीले उनलाई त्यहीँ पक्रेको थियो ।

बम्जनमाथि बलात्कार, हत्या तथा व्यक्ति बेपत्ता पारेको आरोप छ। बम्जनलाई आजै सर्लाही पठाउने तयारी ब्युरोको छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै