• २०८१ बैशाख १६ आइतबार

आइएसएमटी कलेजमा 'जब फेयर' सम्पन्न

kharibot

काठमाडौँ । आइएसएमटी कलेजमा आइएसएमटी जब फेयर सम्पन्न भएको छ । काठमाडौँ तिनकुने गैरीगाउँ स्थित कलेज परिसरमा बुधबार जब फेयर सम्पन्न भएको छ ।

जब फेयरमा नेपालका प्रतिष्ठित २१ कम्पनीले आफ्नो स्टल राखेका थिए ।

यस जब फेयरमा आफ्नो अध्ययन सम्पन्न गरेका २२५ विद्यार्थी अन्तर्वार्तामा सहभागी भएका थिए । विध्यार्थिहरुलाई डिग्री मात्र उपलब्ध गराउने नभई दक्ष, सबल र सक्षम बनाउने उद्धेश्यका साथ संचालित यस आइएमटी कलेजले बर्षमा कम्तिमा दुई पटक यस किसिमको जब फेयर आयोजना गर्ने गरेको छ ।

कलेजले यस किसिमका पहलले अध्ययन सकेका विद्यार्थीहरुलाई आफ्नो क्यारियर को शुरुवात गर्न सहज हुने विश्वास लिएको छ ।

बेलायतको युनिभर्सिटी अफ सन्डरल्याण्ड बाट सम्बन्धन प्राप्त यस आइएसएमटी कलेजले बिबिए, बिएचएम, बीएस्सी आइटी, बीएस्सी (अनर्स) साइबर सेक्युरिटी र डिजिटल फोरेन्सिक एमबिए  तथा एमएस्सी कम्युटिंग लगायतका कार्यक्रम संचालन गरिरहेको छ । आइएसएमटी ग्रुप अन्तर्गत युनिभर्सिटी अफ सन्डरल्याण्ड युकेकै सम्बन्धनमा नेपालका प्रमुख शहरहरु चितवन, पोखरा, विराटनगर र बुटवलमा आफ्ना कलेजहरु संचालन गरिरहेको छ ।

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै