• २०८१ बैशाख १५ शनिबार

सन्दीप जोराले शतक ठोक्दै एपीएफलाई सम्हाले, बागमतीले पायो २४२ रनको लक्ष्य

kharibot

काठमाडौँ । जारी प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिता अन्तर्गत एपीएफले बागमती प्रदेशलाई २४२ रनको लक्ष्य दिएको छ ।

टस हारेर पहिला ब्याटिंग गरेको एपीएफले सन्दीप जोराको शतकीय पारीको मद्धतले ५० ओभरमा ९ विकेट गुमाउदै २४१ रन बनाएको हो ।

केवल ४१ रनमा ५ विकेट गुमाएको एपीएफलाई सन्दीपले सम्हालेका थिए । सन्दीपले ११७ बलमा ११२ रन बनाएका थिए ।

त्यस्तै लोकेश बमले २७ रन बनाए भने अमर रौतेलाले २२ रनको योगदान दिएका थिए । त्यसै गरी यस सिजनमा आर्मीबाट एपीएफमा आएका राष्ट्रिय टिमका कप्तान रोहित पौडेल भने यस खेलमा केवल २ रनमा आउट भएका थिए । त्यस्तै प्रज्वल शाहीले १०, आसिफ सेखले १५, सुमित महर्जनले ६, भुवन कार्कीले १० तथा अविनाश बोहोराले अविजित १८ रन बनाएका थिए ।

त्यसैगरी बागमतीका बलर सुर्य तामाङले सर्बाधिक ३ विकेट लिए भने प्रतिष जिसी र रिजन ढकालले २-२ विकेट लिए । त्यस्तै सोनु देवकोटाले एक विकेट लिएका थिए ।

 

(यस समाचारको शिर्षकमा यस अघि २४२ हुनुपर्नेमा अन्यथा भएकोले सच्याइएको छ- सम्पादक)

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै