• २०८१ बैशाख १९ बुधबार

राजबंशीले पाँच विकेट लिएपछि एपीएफमाथि पुलिसको शानदार जित

kharibot

काठमाडौँ । नेपाल पुलिस क्लबले एपीएफमाथि शानदार जित हासिल गरेको छ । पीएम कप अन्तर्गत सोमबार भैरहवामा सम्पन्न खेलमा पुलिस क्लबले एपीएफ क्लबलाई ५८ रनले पराजित गरेको हो ।

पुलिस क्लबले दिएको १४६ रनको लक्ष्य पछाएको एपीएफले ३४ ओभरमा अलआउट हुदै ८७ रन मात्र बनाएको थियो । एपीएफको ब्याटिंग लाइनलाई ध्वस्त गर्न पुलिसका बलर ललित राजबंशीले ५ विकेट लिएका थिए ।

यस अघि पहिला ब्याटिंग गरेको पुलिस क्लबले ४१ ओभरमा अलआउट हुदै १४५ रन बनाएको थियो ।

 पुलिस क्लब जारी पीएम कपमा पराजित रहदै लगातार चार खेलमा जित हासिल गरेको छ र ४ खेलमा ८ अंकसहित शिर्ष स्थानमा उक्लिएको छ । त्यस्तै एपीएफले भने दोस्रो हार बेहोरेको छ । चार खेलमा ४ अंकसहित एपीएफ छैटौं स्थानमा रहेको छ ।

अब एपीएफले अर्को खेल मंगलबार त्रिभुवन आर्मीसँग खेल्ने छ भने पुलिस क्लबले बुधबार मुलपानीमा मधेश प्रदेशविरुद्ध खेल्ने छ ।
 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै