• २०८१ बैशाख २० बिहीबार

आर्मीको एपीएफमाथि ४ विकेटको जित

kharibot

काठमाडौँ । त्रिभुवन आर्मी क्लबले एपीएफ क्लबलाई पराजित गरेको छ । मंगलबार भैरहवामा सम्पन्न खेलमा आर्मीले एपीएफलाई ४ विकेटले पराजित गरेको हो ।

एपीएफले दिएको १२२ रनको लक्ष्य पछाएको आर्मीले २३.३ ओभरमा ६ विकेट गुमाएर पुरा गरेको थियो ।

यस अघि पहिला ब्याटिंग गरेको एपीएफले ३२.४ ओभरमा अलआउट हुदै १२१ रन बनाएको थियो ।

यो एपीएफको यस पीएम कपमा लगातार तेस्रो हार हो । एपीएफले ५ खेलमा ३ हार र २ जित हासिल गरेको छ । त्यस्तै आर्मीको भने यो पाँचौं खेलमा तेस्रो जित हो ।

अब आर्मीले बुधबार भैरहवामा नै लुम्बिनी प्रदेशसँग खेल्ने छ । त्यस्तै एपीएफले विहिबार लुम्बिनी प्रदेशसँग भैरहवामा नै खेल्ने छ ।
  

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै