• २०८१ बैशाख २० बिहीबार

लुम्बिनीमाथि एपीएफ ७ विकेटले विजयी

kharibot

काठमाडौँ । एपीएफ क्लबले जारी पीएम कपमा तेस्रो जित हासिल गरेको छ । विहिबार भैरहवामा सम्पन्न खेलमा एपीएफले लुम्बिनी प्रदेशलाई ७ विकेटले पराजित गरेको हो ।

लुम्बिनी प्रदेशले दिएको १३४ रनको लक्ष्य पछाएको एपीएफले २२.१ ओभरमा ३ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो । यस अघि पहिला ब्याटिंग गरेको लुम्बिनीले ४१ ओभरमा अल आउट हुदै १३३ रन बनाएको थियो ।

यो जितपछि एपीएफको ६ खेलमा ६ अंक भएको छ र अंक तालिकामा छैटौं स्थानमा रहेको छ ।

त्यस्तै लुम्बिनी प्रदेशले भने चौथो हार बेहोरेको छ । ५ खेलमा २ अंकसहित लुम्बिनी नवौं स्थानमा रहेको छ ।

अब एपीएफले अर्को खेल शनिबार मुलपानीमा गण्डकी प्रदेशसँग खेल्ने छ । त्यस्तै लुम्बिनी प्रदेशले शनिबार नै टियु मैदानमा बागमती प्रदेशसँग खेल्ने छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै