• २०८१ बैशाख १७ सोमबार

दक्षिण अफ्रिका र माली क्वाटरफाइनलमा, मोरक्को बाहिरियो

kharibot

काठमाडौँ । दक्षिण अफ्रिकाले मोरक्कोलाई पराजित गर्दै अफ्रिकन कप अफ नेसन्सको क्वाटरफाइनलमा आफ्नो स्थान सुरक्षित गरेको छ ।

गएराती सम्पन्न राउण्ड १६ अन्तर्गतको खेलमा दक्षिण अफ्रिकाले मोरक्कोलाई २-० गोल अन्तरले पराजित गर्दै प्रतियोगिताको क्वाटरफाइनलमा पुगेको हो ।

दक्षिण अफ्रिकाको जितमा एभिडेन्स माकगोपा र टेबोहो मोकेएनाले एक एक गोल गरेका थिए ।

त्यस्तै यस खेलमा खेलको ९४औं मिनेटमा मोरक्कोका सोफयान अमराबतले रातो कार्ड पाएका थिए । यस खेलमा खेलको ८५औं मिनेटमा मोरक्कोले पाएको पेनाल्टी अचर्फ हाकिमीले बारमा हानेपछि मोरक्कोले खेल बराबरी गर्ने अवसर गुमाएको थियो ।    

त्यस्तै गएराती नै सम्पन्न खेलमा मालीले ब्रुकिना फासोलाई २-१ गोल अन्तरले पराजित गर्दै क्वाटरफाइनलमा पुगेको छ ।

अब क्वाटरफाइनलमा दक्षिण अफ्रिकाले केप भर्डेको सामना गर्ने छ भने मालीले आइभरी कोष्टको सामना गर्ने छ ।
  

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै