काठमाडौँ । नेपाल पुलिस क्लब जारी पीएम कपमा अपराजित रहेको छ ।
बुधबार सम्पन्न खेलमा नेपाल पुलिस क्लबले लुम्बिनी प्रदेशलाई १०३ रनले पराजित गर्दै लगातार आठौँ जित हासिल गरेको हो ।
पुलिस क्लबले दिएको २४६ रनको लक्ष्य पछाएको लुम्बिनी प्रदेशले ३६.३ ओभरमा १४२ रन बनाएर अल आउट भएपछि खेल १०३ रनले हारेको थियो । यस अघि पहिला ब्याटिंग गर्दै पुलिस क्लबले ३७.३ ओभरमा अलआउट हुदै २४५ रन बनाएको थियो ।
यो जितपछि नेपाल पुलिस क्लबले ८ खेलमा १६ अंकसहित शिर्ष स्थानमा रहेको छ र फाइनलमा पुगिसकेको छ ।
त्यस्तै लुम्बिनी प्रदेशले ९ खेलमा केवल एक खेल जितेको र ८ खेलमा हार बेहोरेर प्रतियोगिता सकाएको छ ।