• २०८१ बैशाख १७ सोमबार

पाकिस्तानको निर्वाचनमा इमरान खान समर्थित उम्मेदवारहरुको अग्रता

kharibot

काठमाडौँ । पाकिस्तानमा विहिबार सम्पन्न आम निर्वाचनको मतदानको नतिजा आउने क्रम शुरु भएको छ ।

पाकिस्तानको नेसनल एसेम्बलीमा इमरान खानको पार्टी पाकिस्तान तहरीक ए इन्साफ (पीटीआई) समर्थित स्वतन्त्र उम्मेदवारहरुले अग्रता लिएका छन् ।

जियो न्युजका अनुसार अहिलेसम्म १०० सिटको नतिजामा ४७ सिटमा स्वतन्त्र उम्मेदवारले जितेका छन् । त्यसैगरी नवजा सरिफको पार्टी पाकिस्तान मुस्लिम लिग- नवाज (पीएमएल-एन) ले २९ सिट जितेको छ भने बिलवल भुट्टो जरदारीको पार्टी पाकिस्तान पिपुल्स पार्टी (पीपीपी) ले २२ सिटमा जित हासिल गरेको छ ।

पाकिस्तानको तल्लो सदन नेशनल एसेम्बलीमा कुल ३३६ सिट छन् । जसमध्ये २६५ सिटमा निर्वाचन हुँदैछ । बाँकी सिट आरक्षित छन् । एउटा सिटमा चुनाव भएको छैन । पाकिस्तानमा मुख्यतया ३ दलबीच प्रतिस्पर्धा छ । जसमा पाकिस्तान मुस्लिम लिग-नवाज (पीएमएल-एन), पाकिस्तान तहरीक-ए-इन्साफ (पीटीआई), र पाकिस्तान पिपुल्स पार्टी (पीपीपी) पर्छन्।

निर्वाचन आयोगले मतपरिणाम सार्वजनिक गर्न ढिलाइ गरेको छ । मतदानका क्रममा देशभर मोबाइल र इन्टरनेट सेवा बन्द गरिएको थियो । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै