• २०८१ बैशाख १६ आइतबार

महिला प्रिमियर कपको क्वाटरफाइनलमा आज नेपालले कुवेतको सामना गर्दै

kharibot

काठमाडौँ । मलेसियामा जारी एसीसी महिला प्रिमियर कपको क्वाटरफाइनलका खेल आज हुदै छन् । 

क्वाटरफाइनलमा नेपालले आज कुवेतको सामना गर्दै छ । मलेसियाको वाईएसडी ओभल मैदानमा हुने यो खेल नेपाली समय अनुसार बिहान ११: १५ बजेदेखि शुरु हुने छ ।

नेपाल समुह चरणमा अपराजित रहदै समुह विजेता हुदै क्वाटरफाइनलमा पुगेको हो ।  नेपालले समुह चरणमा हङकङ र भुटानलाई ८-८ विकेटले र माल्दिभ्सलाई कीर्तिमानी २१४ रनले पराजित गरेको थियो । 

त्यसैगरी समुह चरणमा कुवेतले सिंगापुरलाई १० विकेटले र म्यान्मारलाई २७ रनले पराजित गरेको थियो भने थाइल्याण्डसँग ९६ रनले हार बेहोरेको थियो । 

आजै अन्य क्वाटरफाइनलमा बिहान ११: १५ बजे मलेसिया र जापान खेल्दै छन् भने बिहान ७: १५ बजे हङकङ र थाइल्याण्ड तथा इन्डोनेसिया र युएई खेल्दै छन् ।       

१६ देशले भाग लिएको महिला प्रिमियर कपमा नेपालसहित ८ देश थाइल्याण्ड, कुवेत, युएई, जापान, मलेसिया, इन्डोनेसिया र हङकङ क्वाटरफाइनलमा पुगेका छन् ।

त्यसै गरी म्यान्मार, सिंगापुर, चीन, ओमान, कतार, बहराइन, भुटान र माल्दिभ्स प्रतियोगिताबाट बाहिरिएका छन् ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय