• २०८१ बैशाख १६ आइतबार

मन्त्री ज्वालालाई सरकारबाट फिर्ता बोलाउन पार्टीमा छलफल

kharibot

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) ले बालकुमारी घटना जाँचबुझ आयोगको प्रतिवेदनको अध्ययनपछि भौतिक योजना तथा निर्माणमन्त्री प्रकाश ज्वालालाई सरकारबाट फिर्ता बोलाउने विषयमा निर्णय लिने भएको छ ।

गत पुस १३ गते बालकुमारी घटनामा आयोगले मन्त्री ज्वालालाई दोषी ठहर गरेपछि पार्टीले आन्तरिक छलफल गरेको हो । पार्टीको आजको बैठकमा  मन्त्री ज्वालाका विषयमा छलफल भए पनि आयोगको रिपोर्ट हेरेर निर्णय गरिने पार्टी  उपाध्यक्ष प्रमेश हमालले राससलाई जानकारी दिए । 

जाँचबुझ आयोगले मन्त्री ज्वालासहित तीन जनालाई दोषी ठहर गरेपछि उनलाई राजीनामा गराउन पार्टीमा केही नेताहरूले सुझाव दिएको आशय उनले व्यक्त गरे । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै