• २०८१ बैशाख १५ शनिबार

बालकुमारी घटनाको अध्ययन प्रतिवेदनको अध्ययन गर्ने जिम्मा दुई मन्त्रीलाई

kharibot

काठमाडौं । सरकारले बालकुमारी घटनासम्बन्धी प्रतिवेदनको अध्ययन गर्ने जिम्मा दुई मन्त्रीलाई दिइएको छ ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले कानुनमन्त्री धनराज गुरुङ र ऊर्जामन्त्री शक्तिबहादुर बस्नेतलाई फागुन २० गतेभित्र सरकारलाई सिफारिस गर्नेगरी अध्ययनको जिम्मा दिइएको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिएकी छन् ।

पूर्वन्यायाधीश शेखरप्रसाद पौडेल अध्यक्ष तथा पूर्वअतिरिक्त प्रहरी महानिरीक्षक अरुणकुमार बिसी र गृह मन्त्रालयका सहसचिव नारायणप्रसाद भट्टराई सदस्य रहेको जाँझबुझ आयोगले गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई प्रतिवेदन बुझाएको थियो। प्रतिवेदनमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाका कारण घटना घटेको उल्लेख छ ।

आयोगले मन्त्री ज्वालालाई दोषी देखाएपछि प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले मन्त्री ज्वालाको राजीनामा माग गर्दै आएको छ । राजीनामा नआएसम्म एमालेले निरन्तर संसद अवरोध गर्दै आएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै