• २०८१ बैशाख १८ मंगलबार

बालकुमारी घटनामा दोषी मन्त्री ज्वालालाई तत्काल बर्खास्त गर्न एमालेको माग

kharibot

काठमाडौँ । नेकपा एमालेले बालकुमारी घटनामा संलग्न मन्त्री प्रकाश ज्वालालाई कारवाही गर्न माग गरेको छ ।

प्रतिनिधि सभाको आइतबारको बैठकमा विशेष समय लिएर बोल्दै एमालेका सचेतक महेश बर्तौलाले बालकुमारी घटनाको छानबिन आयोगले दोषी ठहर गरेपनि मन्त्रीलाई अहिलेसम्म कारवाही नगरेको भन्दै आपत्ति जनाएका हुन् ।

बर्तौलाले बालकुमारी घटनामा दोषी ठहरिएका मन्त्री प्रकाश ज्वालालाई तत्काल बर्खास्त गर्न माग गरे । साथै उनले बालकुमारी घटनामा गृहमन्त्री समेत कारवाहीको दायरामा पर्नुपर्ने माग गरेका थिए ।

साथै बर्तौलाले सरकारमा रहेका मन्त्रीहरु भ्रष्ट्राचार प्रकरणमा अख्तियारको छानबिनको दायरामा रहेको भन्दै अख्तियारले अनुसन्धान गरिरहेका मन्त्रीहरुबाट कस्तो सुशासनको अपेक्षा गर्ने भन्दै आपत्ति जनाएका छन् ।
  

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै