• २०८१ बैशाख २५ मंगलबार

कांग्रेसको महासमिति बैठक स्थलमा हिन्दुराष्ट्रका लागि हस्ताक्षर अभियान

kharibot

काठमाडौँ । सोमबारदेखि शुरु भएको नेपाली कांग्रेसको महासमिति बैठकमा सनातन हिन्दुराष्ट्र नेपाल स्थापनाको लागि हस्ताक्षर अभियान चलाइएको छ ।

केन्द्रीय सदस्य शंकर भण्डारीको नेतृत्वमा ललितपुरको गोदावरीमा सोमबारदेखि हिन्दुराष्ट्र नेपाल स्थापनाको पक्षमा हस्ताक्षर अभियान चलाइएको हो ।

सोमबार सो अभियानमा कांग्रेसको महासमिति बैठकमा उपस्थित भएका ४०२ महासमिति सदस्यहरुले हस्ताक्षर गरेका छन् । हस्ताक्षर अभियान आज पनि जारी रहेको छ । महासमिति बैठक स्थल बाहिर स्टल नै राखेर हस्ताक्षर अभियान चलाइएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै