• २०८१ बैशाख २८ शुक्रबार

नेपाललाई धर्म निरपेक्ष बनाउनु दुर्भाग्य- डा. शशांक कोईराला

kharibot

काठमाडौँ । नेपाली काँग्रेसका नेता डा. शशांक कोईरालाले नेपाललाई धर्म निरपेक्ष बनाउनु दुर्भाग्य भएको बताएका छन् ।  

बिहीवार महासमिति बैठकको समापन समारोहमा बोल्दै उनले यस्तो बताएका हुन् । उनले धर्म निरपेक्ष र सापेक्ष नभइ स्वतन्त्र हुने बताए। धर्म निरपेक्ष बनाउन नै गलत भएको उनको भनाइ छ। उनले ३६४ दिन काँग्रेस बन्ने, मत हाल्ने दिन अरु बन्नेकुरा राम्रो नहुने बताए ।

उनले भने, ‘धर्म सम्बन्धी एउटा कुरा हो। धर्म न निरपेक्ष हुन्छ, न धर्म सापेक्ष हुन्छ। धर्म स्वतन्त्र हुन्छ। चार तारामध्ये एउटा तारा धर्म स्वतन्त्रताको प्रतिक हो। धर्म स्वतन्त्र हुन्छ। तर दुर्भाग्यवश हामीले धर्म निरपेक्ष बनायौं, यो गलत हो । हाम्रो पार्टी कमजोर छैन, हामीले गठबन्धन गर्नुपर्ने आवश्यकता म देख्दिनँ। गठबन्धन आफ्नो साथीहरुसँग गर्नुस् । नेपाली काँग्रेसको जुन मत खस्छ, त्यो ३६४ दिन काँग्रेस बन्ने, मत हाल्ने दिन अरुको बन्ने त्यस्तो काँग्रेस हामीलाई चाहिँदैन । चुनाव भन्दा पहिला नै गठबन्धन गर्नु दुर्भाग्य हो। गठबन्धन त चुनाव भइसकेपछि सरकार बनाउँदा गर्नुपर्छ ।’

शशांकले महासमिति बैठकका क्रममा धार्मिक स्वतन्त्रतासहितको वैदिक सनातन हिन्दू राष्ट्र नेपाल निर्माणसम्बन्धी अभियानले संचालन गरेको हस्ताक्षर अभियानलाई समेत साथ दिदै हस्ताक्षर गरेका थिए  ।  

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै