• २०८१ बैशाख २९ शनिबार

महासमितिमा पेश भएका प्रस्ताव पारित भएका छैनन्, केन्द्रीय समितिले टुंगो लगाउछ- उपसभापति खड्का

kharibot

काठमाडौँ । नेपाली काँग्रेसका उपसभापति पूर्ण बहादुर खड्काले महासमिति बैठकले पेश भएका प्रस्ताव पारित नगरेको बताएका छन् ।

महासमिति बैठकलाई सम्बोधन गर्दै उपसभापति खड्काले महासमितिमा पेश भएका प्रस्तावलाई केन्द्रीय समितिको बैठकले परिमार्जन गरेर पारित गर्ने एउटा प्रस्ताव मात्र पारित भएको स्पष्ट गरेका हुन् ।

उपसभापति खड्काले भने- महासमितिको बैठकबाट एकताको संदेश गएको छ । निष्कर्षमा एकताबद्ध भएर एउटा मात्र निर्णय गरेका छौं । महासमितिमा पेश भएका तीन वटा प्रस्तावमा महासमितिबाट आएका सुझावहरुलाई समावेश गरेर केन्द्रीय कार्य समितिले सबै प्रस्तावलाई परिमार्जन गरेर टुंगो लगाउने निर्णय भएको छ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै