• २०८१ बैशाख १७ सोमबार

प्रतिपक्षी दलहरुद्वारा आजपनि तीन मन्त्रीको राजीनामा माग्दै संसद अवरुद्ध

kharibot

काठमाडौं । नेकपा एमालेसहितका प्रतिपक्षी दलहरुले आज पनि प्रतिनिधिसभा बैठकमा मन्त्रीहरुको राजीनामा मागेको छ ।

प्रतिनिधि सभाको आजको बैठकमा विशेष समय लिएर बोल्दै एमालेका सांसद गोकुल बास्कोटाले लामो समयदेखि विवादित मन्त्रीहरूको बर्खास्तको माग गर्दा पनि सरकारले बेवास्ता गरेको आरोप लगाएका छन् ।

उनले सरकारले प्रतिपक्षी दलहरुले उठाइरहेको विषयलाई नजरअन्दाज गरेर बसेको बताए ।  सांसद बास्कोटाले सभामुखले बारम्बार निर्देशन दिएपनि सरकारले नसुनेको आरोप लगाएका छन् ।

एमालेसहितका प्रतिपक्षी दलले बालकुमारी घटनामा मुछिएका भौतिक पूर्वाधार मन्त्री प्रकाश ज्वाला, टेरामिक्स काण्डमा मुछिएका स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेत र भगवान गौतमबुद्धको अस्तु भएको रामग्राम क्षेत्र व्यावसायिक प्रयोजनमा भाडामा लगाउने सम्बन्धमा पनि अनियमिता भएको भन्दै संस्कति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री सु्दन किरातीलाई बर्खास्त गर्नुपर्ने माग गरिरहेका छन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय