• २०८१ बैशाख १७ सोमबार

एसियन र्याफ्टिङ च्याम्पियनशिपका लागि नेपाली टोली भारत प्रस्थान

kharibot

काठमाडौँ । एसियन र्याफ्टिङ च्याम्पियनशिपका लागि नेपाली टोली आज भारत प्रस्थान गरेको छ । वर्ल्ड र्याफ्टिङ फेडेरेसनले आयोजना गरेको उक्त च्याम्पियनशिप भारतको हिमाञ्चल प्रदेशस्थित सिम्लामा मार्च ३ देखि १० तारिखसम्म हुँदैछ । 

राष्ट्रिय खेलकुद परिषद्का अनुसार नेपाली टोलीमा सबिन गुरुङ, शक्तिकुमार गुरुङ, विजय गुरुङ, डम्बरबहादुर पुर्वाछाने र दीपेश पुन मगर खेलाडी रहेका छन् । अफिसियलमा महेश थापा, साथै प्रशिक्षक भीष्मराज थपलिया रहेका छन् । परिषद्का सदस्यसचिव टङ्कलाल घिसिङले नेपाली टोलीलाई शुभकामनासहित बिदाइ गरेका थिए ।

प्रशिक्षक थपलियाले उक्त च्याम्पियनशिपमा सात देशका २० टोली सहभागी हुने जानकारी दिए । “यसभन्दा अगावै अन्तरराष्ट्रिय र्याफ्टिङ फेडेरेसनले आयोजना गर्दै आएको वल्र्ड कपमा नेपालले सहभागिता जनाउँदै आएको थियो, यस वर्ष वर्ल्ड र्याफ्टिङ फेडेरेसनले एसियन र्याफ्टिङ च्याम्पियनशिप आयोजना गरेको छ, त्यसमा नेपालले पहिलोपटक सहभागिता जनाउने भएको हो”, उनले भने । उनका अनुसार नेपालले विगतमा प्रत्येक वर्ष राष्ट्रिय टोली छनोट गरी वर्ल्ड कपमा विभिन्न देशमा सहभागिता जनाउँदै आएको थियो । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै