• २०८१ बैशाख १५ शनिबार

कपन विस्फोटन पिडित न्याय माग्दै सर्वोच्चमा

kharibot

काठमाडौँ । डेढबर्ष अघि भयानक विस्फोटनबाट घर ध्वस्त भएका कपन लसुनटारस्थित टंक घिसिङ र उनकी श्रीमति दालमु कित्तर घिसिङ न्याय माग्दै सर्वोच्च अदालत पुगेका छन् ।

उच्च अदालत पाटनबाट गत विहिबार पिडकको पक्षमा आदेश भएपछि पिडित दम्पत्ति आइतबार सर्वोच्च अदालतमा रिट निवेदन लिई उपस्थित भएको उनीहरुको तर्फबाट बहस गर्दै आएका अधिवक्ता अनन्तराज लुईंटेलले जानकारी दिए ।

पिडक कम्पनीको संचालककी श्रीमतिको नाममा दर्ता भएको जग्गा रोक्का राख्ने काठमाण्डौं जिल्ला अदालतको आदेश बदर गरी जग्गा फुकुवा गर्ने उच्च अदालत पाटनको गत बिहिबारको आदेशलाई चुनौति दिंदै रिट विनेदन लिएर पिडित दम्पत्ति सर्वोच्च अदालतमा पुगेका हुन् ।

सर्वोच्च अदालतल प्रशासनले उक्त निवेदन अध्ययनको क्रममा राखेको र भोली दर्ताको प्रक्रियामा निर्णय गर्ने जनाएको छ ।

कम्पनीको नाममा बैनाबट्टा गरेको कम्पनीले २०७९ असोज ६ गतेको भयानक विस्फोटनपछि कम्पनीका संचालक मिङ्गा ग्यावु शेर्पाकी श्रीमित सिल्वी राई शेर्पाको नाममा पास गरेको थियो । गत विहिबार उच्च अदालत पाटनका न्यायाधीशद्धय सुदर्शनराज पाण्डे र विदुर कोइरालाले पिडककी श्रमितिको नाममा रहेको जग्गा फुकुवा गरिदिने आदेश गरेका थिए ।

काठमाण्डौं जिल्ला अदालतका न्यायाधीश भोलानाथ ढकालले २०७९ चैत १० जग्गा रोक्का राख्ने आदेश दोहोरो सुनुवाईपछि काठमाण्डौं जिल्ला अदालतका न्यायधाीश केशव प्रसाद घिमिरेले २०८० कात्तिक २४ गते सदर गरेका थिए । सो आदेशलार्य चुनौति दिंदैं कम्पनी संचाललकी श्रीमतिले उच्च अदालतमा निवेदन दिएकी थिइन ।

२०७६ साल मंसिर १ गते घरभाडाको करार संझौता गरी निर्मल पूर्जा समेत तीन जनाले सञ्चालन गरेको ट्रेकिङ कम्पनी इलाइट हिमालयन एडभेञ्चर प्रा.लि.ले गैर कानुनी रुपमा भण्डारण गरेको अक्सिजन ग्यास र एलपी ग्यास विस्फोटनबाट आफ्नो घर ध्वस्त भएपछि पिडित दम्पत्ति न्याय माग्दै प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय, गृहमन्त्रालय, स्थानीय न्यायिक समिति र अदालतको चक्कर काटिरहेका छन् । 

काठमाण्डौं जिल्ला अदालतमा दायर गरेको मुद्दामा पिडित दम्पत्तिले आफनो घरको साढे तीन करोड क्षतिपूर्तिको दावी गरेका छन् । 

कसैले भण्डारण गरेको विस्फोटक पदार्थ विस्फोट भई क्षति भएका त्यस्तो विस्फोटक पदार्थको धनीले भएको क्षति ब्यहोर्नुपर्ने कानुनी व्यवस्था छ । मुलुकी देवानी संहिता २०७४ को दफा ६७८ ले कुनै मेसिन, उपकरण वा यन्त्रलाई त्यसको प्रकृति अनुसार उपयुक्त ढंगबाट सुरक्षाका उपायहरु नअपनाएको कारणबाट त्यसमा आगलागी भएमा वा सो विष्फोटन भएमा र  कुनै प्रज्वलनशील वा विस्फोटक पदार्थलाई त्यसको प्रकृति अनुसार उपयुक्त ढंगबाट सुरक्षाका उपायहरु नअपनाएको कारणबाट त्यसमा आगलागी भएमा वा विस्फोटन भएमा त्यस्तो विस्फोटक पदार्थको धनीले क्षति व्यहोर्नुपर्ने कानुनी व्यवस्था छ । 

काठमाण्डौं जिल्ला अदालतले विस्फोटन भएको घरको वस्तुस्थिति र सो को क्षतिको विवरण सहितको स्थलगत मुचुल्का फागुन ११ गते लिई सम्पूर्ण प्रमाणको परीक्षण समेत गरी मुद्दा अन्तिम अवस्थामा पुगेको जानकारी दिंदै पिडित घिसिङले आफूहरुले न्याय पाउने अन्तिम चरणमा पुगेको अवस्थामा उच्च अदालत पाटनबाट कम्पनीको संचालककी श्रीमतिको नाममा राखिएको जग्गा फुकुवा भएबाट आफूहरु झनै पिडित भएको दावी गरेका छन् । 

“हाम्रो मुलुकमा पिडितले न्याय पाउन गाह्रो छ भन्ने सुनेको थिएं, अहिले आफैं भोग्दैछु,” उनले थपे, “न्यायको लडाईं कठिन छ तर न्याय पाउने आश मरेको छैन ।”

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै