मुम्बई । यस बर्षको बहुप्रतिक्षित बलिवुड फिल्म ‘संजु’ को पहिलो गीत सार्वजनिक गरिएको छ ।
सोनु निगम र सुनिधि चौहानले गएको सो गीतमा संजय दत्तको अभिनय गरेका रनबीर कपुर र सोनम कपुरले अभिनय गरेका छन् ।
‘मै बढिया तु भि बढिया’ शिर्षकको सो गीतलाई पुनीत शर्माले लेखेका हुन् भने संगीत रोहन- रोहनको रहेको छ ।
अभिनेता संजय दत्तको जीवनीमा आधारित फिल्म संजुको यस अघि ट्रेलर सार्वजनिक गरिएको थियो, जसलाई दर्शकले अत्यधिक मन पराएका छन् ।
ट्रेलरमा संजय दत्तको जीवनमा घटेका प्रमुख घटनालाई समेट्ने प्रयास गरिएको छ । जेल जीवन, प्रेम र सफलतालाई समेट्दै ट्रेलर तयार गरिएको छ । संजय दत्तको भूमिकामा रणवीर कपुरले उत्कृष्ट अभिनय गरेको देखिन्छ ।
संजुको गीत :
ट्रेलरमा संजय दत्तले आफ्ना पिता सुनिल दत्तसँग रिसाएर पहिलो पटक ड्रग्स लिएको, दोस्रो पटक आफ्नी आमा नर्गिसको मृत्यु हुदा ड्रग्स लिएको अनि त्यसपछि ड्रग्सको लतमा पारेको देखाइएको छ ।
ट्रेलरमा संजय दत्तले आफु ड्रगिस्ट भएको तर टेरोरिस्ट नभएको बताएका छन् । ट्रेलरमा संजय दत्तले आफ्ना ३५० गर्लफ्रेन्डसँग सम्बन्ध राखेको उल्लेख गरेका छन् । यस फिल्मले संजय दत्तको जीवन, संघर्ष, जेल जीवन, विवाद, प्रेम आदिलाई रोचक किसिमले समेटेको सजिलै अनुमान लगाउन सकिन्छ ।
संजुको ट्रेलर :
रणवीर कपुरका अलवा फिल्ममा अनुष्का शर्मा, सोनम कपुर, मनिषा कोइराला, परवेश रावल, विक्की कौशल, दिया मिर्जा लगायतका कलाकारले अभिनय गरेका छन् ।
राजकुमार हिरानीले निर्देशन गरेको यस फिल्म आगामी जुन २९ मा रिलिज हुदै छ ।