काठमाडौं । सरकारले गण्डकी, मधेश र सुदुरपश्चिम प्रदेशका वर्तमान प्रदेश प्रमुखलाई पदमुक्त गर्ने निर्णय गर्दै नयाँ प्रदेश प्रमुख सिफारिस गरेको छ ।
आज बसेको मन्त्रिपरिषद्को बैठकले मधेश प्रदेश प्रमुख सुमित्रा भण्डारी, गण्डकी प्रदेश प्रमुखमा डिल्लीराज भट्ट र सुदूरपश्चिम प्रदेश प्रमुखमा नजिर मियाँलाई नियुक्त गर्न राष्ट्रपतिलाई सिफारिस गर्ने निर्णय गरेको प्रवक्ता शर्माले जानकारी दिएकी हुन् ।
आजै बसेको मन्त्रिपरिषद्को बैठकले मधेश प्रदेशका प्रमुख हरिशंकर मिश्र, गण्डकी प्रदेशका प्रदेश प्रमुख प्रिथ्विमान गुरुङ र सुदूरपश्चिम प्रदेश प्रमुख देवराज जोशीलाई पदमुक्त गर्न राष्ट्रपति समक्ष सिफारिस गर्ने निर्णय गरेको थियो ।